गोप्य राखियो ओलीको स्वास्थ्य अवस्था - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

गोप्य राखियो ओलीको स्वास्थ्य अवस्था



काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओली केहि दिनदेखि अस्वस्थ भएको खुलेको छ । केही दिनदेखि ओलीलाई रुघा खोकी र जिउ दुख्ने समस्या आएको बताइएको छ ।

स्वास्थ्यमा असहजता देखिएकै कारण उनले गर्ने भनिएको पत्रकार सम्मेलन समेत नगरेको बताइएको छ । उनी अस्वस्थ भएको विषय गोप्य राखिएको थियो । अस्वस्थाताकै बीच ओलीले पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको बताइएको थियो ।

पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी केहि दिनदेखि विरामी रहेको सचिवालयले बताएको छ । उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।

सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।

दोस्रो मृगौला प्रत्यारोपणपछि उनी स्वस्थ देखिएपनि प्रतिरोधात्मक क्षमता भने कमजोर रहेको बताइएको थियो ।