प्रधानमन्त्री ओली किन जाँदैछन् अमेरिका ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रधानमन्त्री ओली किन जाँदैछन् अमेरिका ?



काठमाडौंँ–प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्रसङ्घको ७३ औंँ महासभामा भाग लिन यही असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन् ।

महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका जाने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताएका छन् ।

उनका अनुसार राष्ट्र सङ्घको महासभाको औपचारिक बैठक यही असोज २ गते मङ्गलबारदेखि हुने भए पनि उच्चस्तरीय सम्बोधन भने असोज ९ गतेबाट मात्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले महासभा बैठकलाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

नयाँ संविधान जारी गरेपछि सम्पन्न गरेको तीनै तहको निर्वाचन र नेपालले चालेको पछिल्लो आर्थिक समृद्धिको विषयलाई महासभा बैठकमा प्रधानमन्त्रीले औपचारिकरूपले जानकारी गराउने तयारी गरेको सचिवालयले जनाएको छ ।