प्रधानमन्त्रीलाई अमेरिका लैजाने तयारी - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

प्रधानमन्त्रीलाई अमेरिका लैजाने तयारी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।

डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने चिकित्सक र नेकपाका नेताबीच छुट्ट छुट्टै छलफल भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने।

प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलाइसिस गरिएको छ। नेकपाका एक सचिवालय सदस्यले ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए।

‘अमेरिका नै लैजाने कि त्यहाँका चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ,’ ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’