ओली आत्तिए ,प्रचण्डलाई अध्यक्ष दिन तयार ! - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

ओली आत्तिए ,प्रचण्डलाई अध्यक्ष दिन तयार !



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गलेको चर्चा वाम राजनीतिमा चुलिएको छ ।  ओलीले माओवादी केन्द्रसँगको एकताको लागि अर्को चमत्कार गर्ने तयारीमा जुटेका छन् ।

ओलीले आज यस बारेमा आफू निकट नेताहरुसँग गम्भिर भेटवार्ता गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उप–महासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीसँगको भेटवार्तामा ओलीले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिन तयार रहेको विश्वास दिलाएका थिए । तर प्रचण्डको आक्रमक भाषणप्रती भने एमालेका केहि नेताहरुले आपत्ती जनाएको स्रोतको दावी छ ।

उनले वाम गठबन्धन घोषणा गर्नुभन्दा पहिल्यै नै ओलीले प्रचण्डलाई अध्यक्ष दिने भद्र सहमति गरेको खुलासा एमालेकै नेताहरुले खुलासा गरेका थिए । तर, प्रचण्डलाई अहिल्यै नै अध्यक्ष दिन नसकिने एमाले नेताहरुले बताउन थालेपछि एकतामा समस्या आएको हो ।

एमालेका एक नेताले भने,‘हाम्रो अध्यक्ष प्रचण्डलाई अध्यक्ष मान्न तयार  हुनुहुन्छ । स्रोतका अनुसार ओलीले आफू त्याग गरेर भएपनि एकतालाई निष्कर्षमा पुर्याउन तयार रहेको आजको बैठकमा नेताहरुलाई वचनबद्धता जनाएका छन् ।