प्रधानमन्त्री ओलीमाथि नै चोरीको आरोप लागेपछि... - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रधानमन्त्री ओलीमाथि नै चोरीको आरोप लागेपछि…



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै चोरीको आरोप लागेपछि सामाजिक सञ्जाल तातिएको छ । बिहिबार मजदुर दिवसको अवसरमा ओलीले एउटा कविता सार्वजनिक गरेपछि उनीमाथि एकाएक बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल रंगिएको थियो।

‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उनका सल्लाहकारहरुले सामाजिक सञ्जालमा राखेपछि सर्वत्र हल्ला फैलियो । उनीमाथि कविता चोरी गरेको र त्यो अरूकै सृजना भएको अमेत आरोप लाग्यो ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको कविता

‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता त्यो कविता आरपी गौतम आगोले लेखेको भन्दै फेसबुकका स्क्रिनसटहरू यत्रतत्र देखिए ।

ति गौतमले केहि महिना अगाडी नै लेखेको भन्दै पूर्वसचिव भिम उपाध्यायले फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा आगो नै सल्कियो ।

सबैतिर आर. पी गौतमको पोष्ट भनी सेयर भैरहँदा अर्को तथ्य बाहिर आयो र आर. पी गौतम भन्ने व्यक्तिको वालबाट त्यो कविता एकाएक गायब भयो पनि ।

त्यसलगत्तै आर. पी गौतम भन्ने व्यक्तिले आफ्नो पुरानो स्टाटसलाई एडिट गरेर बिहिबार मात्र कविता राखेको भन्दै अर्को स्क्रीनसट सार्वजनिक भयो । अहिले न आरपी गौतमको वालमा त्यो कविता छ न यसबारे छानबिन अगाडी बढेको छ ।

अहिले यसैको पक्ष र बिपक्षमा सञ्जालमा बहस भैरहेको छ । गल्ति गर्नेमाथि कारबाहीको माग गरिएको छ ।