प्रधानमन्त्रीको आरोप: नेपालमा मुटु भएका पत्रकार नै छैनन्
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालका पत्रकारको समाचार लेख्ने मुटुनै नभएको आरोप लगाएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका व्यवसायीसँगको भेटघाटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्दै यस्तो बताएका हुन् ।
सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै सडकमा अहिले कुनै पनि मानिस बेवारिसे नभेटिने बताए । ‘पहिले पहिले बालबालिका कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो, मान्छेहरु सडकमा लडिरहेका हुन्थ्ये’ उनले भने, ‘यो सरकार आएपछि अहिले काठमाडौंका सडकमा बालबालिका छैनन् ।
उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलाइएको छ । सडकमा लडिरहेका मान्छेमा झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकम छैनन् ।’
प्रधानमन्त्रीले यसअघि सडकमा बस्दै आएकाहरुलाई उचितस्थानमा बसोबासको व्यवस्था मिलाइएको उल्लेख गरे । ‘उनीहरुलाई सडकबाट उठाएर हामीले प्रवन्ध मिलाएका छौँ’ उनले भने, ‘नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनु पर्दैन् । ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ ।’
प्रधानमन्त्रीले सरकारबाट भएका यस्तो अनेकौ काम प्रचार नभएको बताए । ‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ , हामीले काम गरेका छौँ’ उहाँले भन्नुभयो, त्यस्ता कामको प्रशंसामा लेख्ने प्रसारण गर्ने टेलिभिजन छैन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भनेपनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस् विग्रिन्छस् भन्छन्, सकारात्मक कुरापनि गर्न थालिस भन्ने आउँछन् ।’
प्रधानमन्त्री ओलीले आफुले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमाले लिने गरिएको भएपनि अहिले काम भइरहेको स्मरण गराए । ‘मैले जहाजका कुरा गरे, पूर्व पश्चिम रेलका कुरा गरे, उत्तरदक्षिण रेलका कुरा गरे अहिले त्यसको काम लगभग सकिएर निर्माण भइरहेको छ’ उनले भने, पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन् विसखापट्टनम, मुम्बइ, पूर्व—पश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौत गरेका छौ । धेरै नाका खुलिसकेका छन् ।’