प्रधानमन्त्री र राष्ट्रपतिबीच आकस्मिक भेटघाट - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

प्रधानमन्त्री र राष्ट्रपतिबीच आकस्मिक भेटघाट



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक भेटघाटको लागि शितलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न मंगलबार साँझ प्रधानमन्त्री ओली शितलनिवास पुगेको बताइएको छ ।

स्रोतका अनुसार ओली साँझ सात बजे शितलनिवास पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक परिस्थितिमा राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसअघि पनि आकस्मिक रूपमा पटकपटक राष्ट्रपति कार्यालय जाने गरेका प्रधानमन्त्री ओलीले फर्केलगत्तै महत्वपुर्ण निर्णय गर्ने गरेका थिए ।