प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ।

ओली १९ फागुनमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले दिएको मिर्गौला तोकिएकै दिनमा प्रत्यारोपण गरिएको छ ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई आज अस्पतालले डिस्चार्ज गर्न थालेको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा प्रम ओलीलाई आज डिस्चार्ज गर्न लागिएकाे जानकारी दिए।

यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले शल्यक्रियाको सात औं दिनमा २८ फागुनमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।

त्यसको अर्को दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भेटेकी थिइन्। मिर्गौला दाता संग्रौलालाई अस्पतालले २८ फागुनमै डिस्चार्ज गरिसकेको छ।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आएको छ।