ओली महोदय, कांग्रेस र पत्रकारलाई गालि गरेर ६ करोड लुक्दैन
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ करोडको घोटालाप्रति आफ्नो बचाउ प्रयास गरेका छन् । मंगलबार युवा संघका अगुवा कायकर्ताको प्रशिक्षणमा बोल्दै ओलीले आफ्नो बचाउ प्रयास गरेका हुन् ।
बोल्दै गर्दा धेरै पल्ट अत्तालिएका, बोलि प्रस्ट निकाल्न नसकेको प्रस्ट हुने गरि आफ्नो बचाउ प्रयास गरेका ओलीले केहि मिडियालाई लक्षित गरेर कटाक्ष पनि गरेका थिए ।
पटक पटक कांग्रेसलाइ लक्षित गरेर तुच्छ ब्याबहार पनि देखाएका थिए, “यो सबै अधिनायकबादी कांग्रेसले रचेको चाल हो” उनले भने । ६ करोडको बिषयलाई लिएर उनले मिडियाको बिरोध पनि गरे ।
“यो कांग्रेसकै प्रचार हो,” ओलीले भने, “बेइमानी निराधार कुरा र समाचार हो । त्यसस्तरको घटिया पत्रकारिता नगर्नुस् । एमाले त्यस्ता पैसाको कारोबार गर्दैन । यो भन्दै गर्दा ओलीको अनुहार मलिन थियो, कुरा लुकाउन खोजे पनि आँखामा र अनुहारमा लुकाउन नसकेको प्रष्ट हुन्थ्यो ।
यति भन्दै गर्दा ओलीले राज्यलक्ष्मी गोल्छा, मोरङमा टिकट बिक्री गरेको तथा अन्य प्रसङ्ग भने निकाल्न सकेनन । सुरुमा आक्रामक बनेर बोल्न सुरु गरेका ओली पैसाको बिषयमा भने डराएका देखिन्थे ।