एमालेमा नयाँ सहमति : मध्यमार्गी नेताहरू ओलीसँगै रहने, भोलि स्थायी कमिटी बैठक
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । पुरानो सहमति प्रक्रिया अगाडि बढाउन बैठक बोलाइएको बताइएको छ।
ओलीले माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेतासँगको छलफल गरेपछि मंगलबार स्थायी कमिटी बैठक बोलाएका छन् ।
एकता पक्षधर नेताहरूले ओलीसँग गरेको छलफल सकारात्मक भएपछि बैठक बोलाइएको बताइएको छ । १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ ।
यससँगै एकता पक्षधर भन्दै माधव नेपालको साथ छाडेका नेताहरू ओली समूहमै रहने सहमति भएको एक नेताले बताए । उनीहरूले ओलीसँग राखेको माग पूरा हुने भएपछि उनीहरू ओली समूहमै बस्ने बताइएको छ ।