सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीलाई कारण देखाउ आदेश - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीलाई कारण देखाउ आदेश



काठमाडौं- सर्वोच्च अदालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नाममा विधान विपरीत पार्टी निर्णय र कारबाही गरेका विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले ओलीसहितलाई कारण देखाउ आदेश जारी गरेको हो ।

ओलीसहितका विपक्षीलाई १५ दिन भित्र जवाफ पेस गर्न भन्दै मुद्दालाई अग्राधिकार दिन पनि आदेश भएको छ ।

रिटमा एमाले अध्यक्षले गरेको तथा गर्नसक्ने अवैधानिक कारबाही रोक्न अन्तरिम आदेशको माग गरिए पनि अन्तरिम आदेश भने दिनु नपर्ने ठहर भएको छ ।