७० वर्षीय बुढोले भगाए १९ वर्षीय युवती - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

७० वर्षीय बुढोले भगाए १९ वर्षीय युवती



नयाँ दिल्ली । प्रेमको परिभाषा के हुने भन्ने विषयमा सधैं दुविधा रहेको छ । प्रेमीहरूले एक अर्कामा साँच्चै के हेर्ने गर्दछन् भन्ने कुरा आजसम्म निर्क्यौल हुन सकेको छैन । फेरी धेरैले भन्छन्- तन बुढो भएपनि मन बुढो हुँदैन । यस्तै भएको छ भारतमा ।

भारतको पंजाब राज्यको अबोहर सहरमा एक जना ७० वर्षीय अवकाशप्राप्त शिक्षक आफ्नी १९ वर्षीय छात्रालाई भगाएर लगेपछि निजलाई प्रहरीले गिरफ्तार गरेको छ । करिब दश दिनदेखि बेपत्ता यो जोडीलाई दक्षिण भारतीय राज्य तमिलनाडुबाट गिरफ्तार गरेर स्थानीय अदालतमा हाजिर गराइएको बताइएको छ ।

अदालतले आरोपित पूर्व शिक्षक जय किशन गौडलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । साथै ती छात्रालाई सेट प्रहरी हिरासतमा राखिएको बताइएको छ ।

यस अघि प्रहरीले छात्राका आफन्तहरू बयान अनुसार गौडविरुद्ध छात्रालाई फकाई-फुल्याई भगाएर लगेको भन्दै मुद्दा दायर गरेको हो । बिहीबार उक्त केटी र आरोपी शिक्षकलाई अदालत परिसरमा ल्याइरहँदा छात्राका आफन्तहरू समेत अदालत परिसरमा उपस्थित थिए तर उनले तिनीहरूलाई नदेखे जस्तो गरेकी थिइन् । केटीका ठुलो बुवाले आफूहरू बुधवार पनि उनलाई सम्झाउन गएको तर तिनी सुन्न समेत तयार नरहेको बताइएको छ ।

ट्युसन पढाउँदा प्रेम:

१२ वर्ष अगाडि सरकारी सेवाबाट निवृत्त भएका जयकिशन विद्यार्थीहरूलाई ट्युसन पढाउने गर्दथे । करिब चार वर्ष अघि उनले ती छात्रालाई घरमै ट्युसन पढाउन थालेको र त्यसै समयदेखि उनलाई आफ्नो प्रेम जालमा फसाएको हुन् सक्ने धेरैको भनाइ रहेको छ ।

एक वर्ष अगाडि पनि केटीका आफन्तहरूले जयकिसनलाई उनका कर्तुतहरूको कारण कुटपिट गरेका थिए । तर उनी भने ती छात्रालाई बालिग हुन पर्खिरहेका थिए ।

ती गुरु-चेली घरबाट फरार भए यता तिनीहरूको प्रेम सम्बन्ध स्थानीय चियापसलहरूमा चर्चाको विषय बनेको छ । ती केटी आफ्ना आमाबुवाको एक्ली छोरी हुन् भने जयकिशनका नातिनातिना छन् । उनकी पत्नीको भने उहिल्यै मृत्यु भइसकेको छ ।