नेकपाबाट निर्वाचित एक वडाध्यक्षले दिए राजीनामा
डडेल्धुरा- डडेल्धुरा आलिताल गाउँपालिका वडा नम्बर १ का नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएका एक वडाअध्यक्षले राजीनामा दिएका छन्।
अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र दिंदै विपक्षीले काम गर्न नदिएको आरोप लगाएका छन् ।
गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङबाहिर भएकाले राजिनामा सदर भने भएको छैन । वडाध्यक्ष ऐरले सहकर्मीहरुले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताएका थिए ।