डोनाल्ड ट्रम्पविरुद्ध खनिए बाराक ओबामा - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

डोनाल्ड ट्रम्पविरुद्ध खनिए बाराक ओबामा



एजेन्सी- अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खनिएका छन् । उनले अति आक्रमक रुपमा प्रस्तुत हुँदै ट्रम्प निकै गैरजिम्मेवार रहेको आरोप लगाएका छन् ।

पूर्व राष्ट्रपति ओबामाले डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि निशाना बनाएका हुन् । आबोमाले अति आक्रमक रुपमा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदलाई र त्यसको जिम्मेवारीलाई ‘एक अर्को रियालिटी शो’ का रुपमा लिएको आरोप लगाएका छन् ।

पूर्व राष्ट्रपति ओबामाले आफ्ना उत्तराधिकारी रिपब्लिकन राष्ट्रपति ट्रम्प ‘ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्ने गरी परिपक्क नभएको र त्यसको कारण ट्रम्प परिपक्क हुन नसक्नु नै रहेको’ बताएका छन्।

ओबामाले आफूमाथि गरेको टिप्पणीको ट्रम्पले ह्वाइट हाउसबाट जवाफ पनि फर्काएका छन् । अमेरिकीहरुमा ओबामाले ‘सन्त्रास’ का कारण आफू निर्वाचित भएको ट्रम्पले बताएका छन् ।

डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनले कमला ह्यारिसले उपराष्ट्रपति उम्मेदवारको टिकट औपचारिक रुपमा प्रदान गरेको छ । जो बाइडेनले ह्यारिसलाई आफ्नो रनिङ्गमेटका रुपमा चयन गरेका हुन् ।

बाइडेन–ह्यारिसले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्ने छन् ।

ओबामाले स्थानीय समय अनुसार बुधबार राति (नेपाली समय अनुसार बिहीबार बिहान) फिलाडेलफियामा रहेको म्युजियम अफ अमेरिकन रिभोलुशनबाट सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा ओबामाले ट्रम्पमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेका हुन् ।

ओबामाले भन्ने छन्, ‘डोनाल्ड ट्रम्पले काममा कुनै चासो देखाएका छैनन् । उनमा साझा स्वार्थ वा साझा भूमि फेला पार्ने प्रयास देखिँदैन ।’

ओबामाले भन्ने छन्, ‘ह्वाइट हाउसको शक्तिशाली शक्ति उनले आफू र आफ्ना साथीलाई सहयोग गर्न बाहेक अरु कसैको सहयोगमा प्रयोग गरेका छैनन् ।’

ओबामाले भन्ने छन्, ‘ट्रम्पमा राष्ट्रपतीय जिम्मेवारीलाई एउटा अर्को रियालिटी शो भन्दा फरक रुपमा व्यवहार गर्ने कुनै चासो देखिँदैन ।’

ट्रम्पका कारण अमेरिकाको प्रजातान्त्रिक संस्थामाथि इतिहासमै सबैभन्दा ठूलो चुनौति आइपरेको ओबामाले बताए ।

ट्रम्पमाथि आक्रमक रुपमा प्रस्तुत भएपछि ओबामाले जो बाइडेनका बारेमा बोले । बाइडेन अमेरिकाका लागि चाहिएको राष्ट्रपति बन्ने उनले बताए ।

अमेरिकी इतिहासमा पूर्व राष्ट्रपतिहरु आफ्ना उत्तराधिकारीका सम्बन्धमा प्रायः चुप रहन्छन् । ओबामा पनि लामो समय चुप रहेका थिए ।