२०७६ साउन ३, शुक्रबार

आमा मार्न लगाउने छोरीको अर्को रहस्य : पैसा चोरेर किलरलाई ज्याला

July 3, 2019
125 Views

काठमाडौं – कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ ।

मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने माहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद लिइएको छ ।  गत आइतबार भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो । हत्याको मुख्य कारण मृतककी कान्छी छोरी ईश्वरी र २३ वर्षीय अविवाहित मोहम्मद नौसादबीच कायम विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्याको घटनासँगै परिवार सदस्यले घरबाट २२ लाख हराएको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो । प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसँग र्इश्वरी र श्रीमानले घर बनाउन १२ लाख सापटी लिएका थिए । दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमानले सहकारीबाट १६ लाख ऋण लिएका थिए । हाल उक्त रकम हराइरहेको छ । कान्तिपुर दैनिकबाट

Facebook Comments

सम्बन्धित खवर

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares3 views
अन्तराष्ट्रिय
shares3 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares6 views
अन्तराष्ट्रिय
shares6 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…
विचित्र संसार
shares3 views
विचित्र संसार
shares3 views

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…

himal post - २०७६, ३ श्रावण १२:३५

काठमाडौं - पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक्…