निकै दबाबमा न्युजिल्यान्ड : लय समात्न सकेन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

निकै दबाबमा न्युजिल्यान्ड : लय समात्न सकेन



काठमाडौं- इंग्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले न्युजिल्यान्ड र इङल्यान्ड खेलिरहेका छन् ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सुरुवात देखिने दबाब झेलिरहेको छ । सात ओभरमा १ विकेट गुमाएको न्युजिल्यान्डले १० ओभरको समाप्तिमा ३३ रन मात्र जोड्न सफल भएको छ ।

मार्टिन गुप्टिल १९ रनमा आउट भएपछि आएका विलियमसन्ले लय समात्न सकेका छैनन् । उनले १३ बलमा २ रन मात्र जोडेका उनले निकै दबाब महसुस गरेका छन्  ।

सातौँ ओभरको दोस्रो बलमा गुप्टिललाई क्रिस वोक्सले एलबीडब्लु धरापमा पारे। हेनरी निकोल्स ३२ बलमा १४  रन मात्र जोडेका छन् ।