टस जितेर ब्याटिङ गर्दै न्युजिल्याण्ड - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

टस जितेर ब्याटिङ गर्दै न्युजिल्याण्ड



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । इंग्ल्याण्डले सुरुवातमा बलिङ गर्नेछ ।

आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।  दुवै टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यसैले यस खेल जित्ने टोली विश्वकपको नयाँ च्याम्पियन बन्ने छ ।

फाइनलमा घरेलु टोली इंग्ल्याण्ड निकै बलियो देखिन्छ । तर भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई कम आँक्नु घरेलु टोलीका लागि घातक हुन सक्छ । केन विलियम्स कप्तानीको टोलीले कुनैपनि समय खेलमा पुनरागमन गर्ने हैसियत राख्छ ।

फाइनल खेल्दै गर्दा घरेलु टोलीमै धेरै दबाब हुनेछ । विगतको प्रर्दशनले समेत न्युजिल्याण्डलाई बलियो अवस्थामा देखाउँछ ।तर, सेमिफाईनलमा अष्ट्रेलियालाई हराएको इंग्ल्याण्ड उच्च मनोबलमा हुनेछ ।