‘न्‍यायको घाँटी रेटियो, कम्‍युनिष्ट अधिनायकवाद देखियो’ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘न्‍यायको घाँटी रेटियो, कम्‍युनिष्ट अधिनायकवाद देखियो’



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलासहितका ठाउँमा प्रदर्शन गर्न नपाउने गरी लागू गरेको निषेधाज्ञाको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार पनि प्रदर्शन गरेका छन्।

चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको समर्थन तथा निषेधाज्ञाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। प्रदर्शनकारीले डा. केसीको समर्थन, निषेधाज्ञाको विरोध तथा असहमति राख्न पाउने अधिकारीको पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीले कम्‍युनिष्ट अधिनायकवाद देखियो, न्‍यायको घाँटी रेटियो, कांग्रेस सरकारले ल्याएको चिकित्सा विधेयक लागू गर, सर्वसत्तावाद मूर्दावाद लगायतका नारा लगाएका थिए।