ओली नै सर्वोच्चमा पुगेपछि... - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

ओली नै सर्वोच्चमा पुगेपछि…



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली न्याय खोज्दै सर्वोच्च अदालतमा पुगेका छन् । यसअघि पटक-पटक सर्वोच्च अदालतले दिएका आदेश समेत पालना नगरेको, अदालतको अबहेलना गरेको आरोप लाग्ने गरेका प्रधानमन्त्री ओली आफै सर्वोच्चमा पुगेका छन् ।

ओली समूहले पार्टीको महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले आधिकारिकता नदिएको आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् । १० औँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजको माग गर्दै ओली समूह सर्वोच्च अदालतमा पुगेको हो ।

अदालतको फैसला राजनीतिक दलसम्बन्धी ऐनको परिभाषासँग बाझिएको दाबी गर्दै एमालेले पुनरवलोकन माग गरेको हो।

एमाले अध्यक्षसमेत रहेका ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै भ्याकेट दर्ता गराएका छन् । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने बताएका छन् ।

सिंहको इजलासले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारबाही मान्य नहुने भन्दै कर्णालीका चार सांसदको पद पुनर्बहाली गरिदिएको थियो । जसमा ३ सांसद कर्णाली सरकारमा मन्त्री रहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए । सोही कारण उनीहरूलाई कारबाही गरिएको थियो ।