न्याय खोज्दै निर्मलाका बुवाआमा काठमाडौंमा - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

न्याय खोज्दै निर्मलाका बुवाआमा काठमाडौंमा



छोरीको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गादेवी पन्त मंगलबार काठमाडौं आइपुगेका छन्।

१० जना महिला अधिकारकर्मीका साथमा उनीहरू काठमाडौं आएका हुन्।

‘अहिलेसम्म दोषी बचाउने खेल मात्र भयो। न्याय पाउनेमा विश्वास नलागेपछि न्यायका लागि आग्रह गर्न काठमाडौं आएको छु,’यज्ञराजले भने।

यो खबर कञ्चनपुरबाट दिलबहादुर छन्त्यालले आजको नागरिक दैनिकमा लेखेका छन्।

यसैबीच निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमदत्त नगरपालिका-१९ का ४१ वर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ। डिएनए रिपोर्ट मेल नमिलेपछि उनी निर्दाेष ठहरिएका छन्।

निर्मलाको डिएनए प्रोफाइलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृण ओझाले जानकारी दिए।