न्याय क्षेत्रमा पहुँच पुर्याउन प्रशिक्षण
बुटवल । समाजमा रहेका बिपन्न र सिमान्तकृत समुदायको लागी न्याय र शुरक्षामा पहुँच पु¥याउन आधारधुत सामुदायीक मेलमिलाप प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
चैत्र ५ गते सम्म चल्ने तालीम युके.एड र सर्चफर कमन ग्राउण्डको सहयोगमा सञ्चालनमा आएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देही प्रमुख एकराज बिश्वकमाले रुपन्देहीको कोटहीमायी क्षेत्रमा यो तालीम निकै प्रभावकारी हुने बताए । उनले जिल्लामै केही पछाडी मानीएको क्षेत्रमा तालीम प्रदान गरेकोमा उनले आभार समेत ब्यक्त गरेका थिए ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द« (सेर्लड) रुपन्देहीको को आयोजनामा कोटहिमाई गाँउपालिका मेलमिलापकर्ताहरुको लागि सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत तालिम शुरु गरीएको सेर्लड रुपन्देही संयोजक राधा भट्टराईले बताईन् ।
उनले मेलमिलापले अदालतको खर्च बचाउँने बताउँदै यसले दुबै पक्षबिच हुनसक्ने द्वन्द्व हटाउन सहयोग गर्ने समेत बताईन् । बुटवल उपमहानगरपालिका ३ मा रहेको होटल मर्डिङ ड्युमा सञ्चालन भईरहेको तालीममा कोटहीमायी गाउँपालिका उपाध्यक्ष भानुमति बनिया तथा स्थानीय जनप्रतिनिधि, र गाउँपालिकाको सिफारिस गरीएका २७ व्यक्तिहरु सहभागि रहेका छन् ।
तालिममा सेर्लड संयोजक राधा भट्टराई, अधिवक्ता हेमा न्यौपाने,प्रशिक्षक राजेश चौधरी,अधिवक्ता लोकनाथ पन्त,सर्चफर कमन ग्राउण्डका रिर्जनल म्यानेजर जिवनत वाग्ले, सेर्लडका क्षेत्रीय संयोजक सिताराम अधिकारी लगायतले सहजीकरण गर्ने संयोजक भट्टराइले जानकारी दिइन् ।