न्याय पाएको तीन दिन नबित्दै बुद्धमायाद्वारा आत्महत्या प्रयास - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

न्याय पाएको तीन दिन नबित्दै बुद्धमायाद्वारा आत्महत्या प्रयास



नयाँ पत्रीका : महोत्तरी । महोत्तरी जिल्ला अदालतले २४ असारमा जातीय भेदभाव र छुवाछूत मुद्दामा ऐतिहासिक फैसला ग-यो । जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माले बुद्धमाया विश्वकर्मालाई कुटपिट र दुव्र्यवहार गरेकोमा प्रतिवादी कमला गिरी र उनकी छोरीलाई दोषी ठहर गर्दै सजाय र क्षतिपूर्तिसहितको फैसला सुनाए ।

अस्पतालमा उपचार गराउँदै बुद्धमाया

कमलालाई ६ महिना कैद, १० हजार जरिवाना र ५० हजार क्षतिपूर्ति तथा उनकी छोरी नाबालिग भएकाले तीन महिना कैदको फैसला सुनाइयो । एक वर्षभित्र उनले पुनः सोही प्रकृतिको अपराध गरेमा यो कैदसमेत थप गरी भुक्तान गर्नुपर्ने अदालतको आदेश थियो ।

फैसला ऐतिहासिक भएकाले दलित समुदाय खुसी नै देखिन्थ्यो । तर, बुधबार दिउँसो अदालतबाट न्याय पाएकी बुद्धमायाले विष सेवन गरी आत्महत्याको प्रयास गरिन् । यो खबरले दलित समुदायमा चिन्ता थपिएको छ । हाल उनको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।