नुवाकोट नेबिसङ्घको अध्यक्षमा मिश्र सहमति नजिक - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नुवाकोट नेबिसङ्घको अध्यक्षमा मिश्र सहमति नजिक



कर्णबहादुर अधिकारी/हिमालपोष्ट

४० वर्ष लामो इतिहास बोकेको नेपाली काँग्रेसको भातृ सङ्गठन ने बि सङ्घ केन्द्र देखि स्थानीय तह सम्म चुनाव गर्न गराउन तल्लीन छ।चाहे केन्द्रमा चाहे प्रदेश र स्थानीय तहमा नै किन नहोस् ती कलिला बाल मस्तिष्क देखि किशोर युवाहरूको अन्तर आत्मा मै गुट उपगुटको बिम्ब खडा गराई विवाद सिर्जित गर्ने देखि लिएर राम्रालाई भन्दा हाम्रालाई स्थान दिन तल्लीन छन्।

काँग्रेस समय अनुकूल चल्न र नेता कार्यकर्तालाई एकजुट गराएर चलाउन नसक्दा यति ठुलो पराजय भोग्दा पनि अझै चेत आएको छैन।विगतलाई हेरेर काँग्रेसले पाठ सिक्न जरुरी छ।नेपालको राजनीतिमा महत्त्वका साथ हेरिने विद्यार्थी सङ्गठनहरू भविष्यका नेता उत्पादन गर्ने कारखाना नै हुन तर ती कारखानाबाट कस्ता सामान उत्पादन गर्ने गराउने भन्ने चाहिँ कालिगडहरूमा भर पर्ने कुरा हो।बिधार्थी सङ्घ र अन्य सङ्गठनहरू आन्दोलन र ढुङ्गा मुढा गर्नका लागि मात्र स्थापना नभई युगान्तकारी भविष्यको परी कल्पना गर्दै सक्षम नेता उत्पादन गर्ने स्थान बन्नु पर्दछ।

अनवरत रूपमा विद्यार्थीहरूको बिचमा रहेर नेपाल विद्यार्थी सङ्घको गतिविधिमा आफ्नो जीवन नै समर्पण गर्ने व्यक्तिहरूमा यति खेर फरक धारणा विकसित भएको छ।नुवाकोटमा काम गर्ने र क्रियाशील हुनेहरूले अवसर पाउनु पर्नेमा अवसरबाट वञ्चित हुने माहौलको विकास हुँदै आएको छ।नुवाकोट ने बि सङ्घलाई स्वच्छ तवरबाट सञ्चालन गरेर अगाडी बढ्ने हो भने अब गुट गत नभै सबैको समन्वयमा रहेर ने.बि सङ्घलाई नयाँ नेतृत्व दिन साझा भावनाको आवश्यकता रहेको छ।

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर चलायमान ने बि सङ्घ जिल्लामा हेर्न चाहने हो भने डा.राम शरण महत ,अर्जुन नरसिंह केसी, डा.प्रकाश शरण महत,बहादुर सिङ लामा,सभापति जगदिश्वर नरसिंह केसी,पूर्व सभापति धुर्ब अधिकारी महासमिति सदस्य रमेशकुमार महत र साबिक तिनै क्षेत्रका सभापतिहरू अर्जुन न्यौपाने, धुर्ब श्रेष्ठ र जगत् तामाङले साझा उम्मेदवार बनाउन सक्नु पर्दछ।वर्तमान अवस्थामा सबैले साझा उमेदवारका रूपमा उपेन्द्र मिश्रलाई ने बि सङ्घ नुवाकोटको अध्यक्ष पदका लागि अगाडी सार्न खोजिएको छ।मिश्र सबैले मन पराएका विद्यार्थी नेता पनि हुन्।

विगत लामो समय देखि ने बि सङ्घ ईकाईबाट विद्यार्थी राजनीति गर्दै अगाडी बढेका मिश्र नुवाकोटमा लोकप्रिय छन्।२०७४ सालको प्रतिनिधि सभा चुनावमा आतङ्कारी गतिविधि गर्ने हरूको एम्बुसमा परेर घाइते समेत भएका व्यक्ति हुन।सबै सँग सहकार्य गरी अगाडी बढ्न सक्ने क्षमता भएका मिश्रलाई नुवाकोट ने बि सङ्घले अध्यक्ष रूपमा पाएमा सङ्घ वर्तमान अवस्थामा भन्दा अझै राम्रो तवरबाट अगाडी बढ्ने कुरामा दुई मत नै छैन।

विद्यार्थी नेता मिश्रसँग ने बि सङ्घ नुवाकोटको आउँदै गरेको चुनाव र तपाईँलाई यदि सबै मिलेर नुवाकोट ने बि सङ्घको अध्यक्ष बनाए कसरी अगाडी बढ्नु हुन्छ भनी सोधिएको प्रश्नको जवाफमा कसैले यो त्यो नभनी पक्षपात र पूर्वाग्रह नबनी सबैलाई आ-आफ्नो स्थानमा सम्मान गरेर ने बि सङ्घ नुवाकोटलाई अगाडी बढाउन सक्छु भन्छन्।आखिर सङ्गठन नै गर्ने हो,काम नै गर्ने हो समय सापेक्ष विद्यार्थी परिचालन गरी नागरिकका जन जीविकाको सवाल र बढ्दो महङ्गी भ्रष्ट्राचार, राष्ट्रियता, लोकतन्त्र र बि पी को समाजवादी चिन्तनलाई निरन्तर विद्यार्थीका बिचमा पुर्‍याउने लक्ष्य छ भन्छन् विद्यार्थी नेता मिश्र।यदि काँग्रेसले आउँदा दिनहरू उज्जल देख्न चाहने हो भने हाम्रालाई भन्दा राम्रालाई स्थान दिन जरुरी छ।