नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापतिद्वारा अलोकतान्त्रिक निर्णय ! - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापतिद्वारा अलोकतान्त्रिक निर्णय !



नुवाकोट, २७ माघ।
नेपाली काँग्रेस नुवाकोटको मिति २०७३ साल माघ २७ गते बसेको बैठकमा सभापति जगदिश्वर नर्सिंह केसीले पदाधिकारी मनोनीतको लागि जिल्ला कार्य समितिमा नाम प्रस्ताव गर्नु भएको छ ।प्रस्ताव गर्नु विधान संवत नै हो  तर विधान बमोजिम निर्वाचित कार्य समितिले उक्त प्रस्तावलाई पास गर्नु पर्दछ। बैठकमा २४ जनाको निर्वाचित कार्य समिति भए पनि १९ जनाको मात्र उपस्थिति रहेको थियो भने बाँकी ५ जना अनुपस्थित रहेका थिए जसमा सभापतिको प्रस्तावको विपक्षमा ११ जना छन् अनुपस्थित मध्येका ३ जना सदस्यहरूले पनि विपक्षमा नै रहने निर्णय गरेका छन्।

सभापतिले बैठकमा दुई पदाधिकारीको मनोनयन प्रस्ताव गर्नु भएको छ र उहाँहरू दुवै जना नुवाकोट क्षेत्र नं १ का हुन र समावेशी पनि छैन।क्षेत्र नम्बर २ र ३ बाट प्रतिनिधित्व गर्ने सबै सदस्य ( १४ जना) ले उक्त प्रस्तावको विरोध गरेको हुन।कुनै गुटको कारणले नभई तीन पदाधिकारी मनोनीत गर्नु पर्नेमा दुई जना १ नं क्षेत्रबाट भएको भनी सदस्यहरू ले प्रस्तावको विरोध गरेका हुन।बैठक पुस्तिकामा सबै सदस्यहरूलाई आफ्नो असहमति दर्ज गर्न दिइएको छैन ।असहमति दर्ज गर्न खोजेका २ जना सदस्य बल तामाङ र सीता खड्कालाई हस्ताक्षर नै गर्न दिईएन। जिल्ला सभापतिले निरङ्कुशता र अलोकतान्त्रिक कदम चालेकोमा कार्य समितिका पदाधिकारीहरू सभापति देखि रूष्ट रहेका छन्।