टेलिकमको अर्को अफर : भ्वाइस कल र म्यासेज पनि सित्तैमा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

टेलिकमको अर्को अफर : भ्वाइस कल र म्यासेज पनि सित्तैमा



काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकमले शुक्रबार विज्ञयप्ती जारी गर्दै चैत ३० गतेदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराउने जानकारी गराएको हो। दुई सय रुपैयाँको डाटाअन्तर्गत ग्राहकले दुई सय मिनेट फोन कल र तीन सयवटा म्यासेज पठाउन सक्नेछन्। त्यस्तै तीन जिवी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ।

*१४१५# डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ भने। डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने म्याद राखिएको छ।