दूरसञ्चार प्राधिकरणमा लफडा: दिगम्बर झा र सदस्यबीच झन्डै कुटाकुट ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

दूरसञ्चार प्राधिकरणमा लफडा: दिगम्बर झा र सदस्यबीच झन्डै कुटाकुट !



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका (एनटीए)को बिहिबार बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष दिगम्बर झा र सदस्यबीच बाझाबाझ भएको छ । प्राधिकरणको बार्षिक कार्यक्रमको छलफलका लागि बसेको बैठकमा बाझाबाझ भएको हो।

‘पहिले नै व्यापक छलफल गरेर करिब ९० प्रतिशत टुङ्ग्याइसकिएको बार्षिक कार्यक्रमलाई अध्यक्षले मनोमानी ढंगले परिमार्जन गरेर ल्याउनुभयो’, एक बोर्ड सदस्यले भने, ‘उहाँको कार्यशैलीमा चित्त नबुझेपछि हामीले प्रश्न उठाएका हौं । हाम्रो कुरामा उहाँ (अध्यक्ष झा) एग्रेसिभ भएपछि हामीले प्रतिवाद गरेका हौं ।’ एनटीएका अध्यक्ष झा बैठकमा ‘ओभर कन्फिडेन्ट’ भएर प्रस्तुत हुने र अरु सदस्यहरुलाई बच्चाको जस्तो व्यवहार गर्ने गरेको भन्दै यस्तै रहे लामो समय सहकार्य हुन नसक्ने एक सदस्यले बताए । यसअघि बोर्डमा प्रस्तुत भएका बार्षिक कार्यक्रममा परिमार्जन गरेर बजेट धेरै घटीबढी भएर आएको ती सदस्यले बताए ।

‘कार्यन्वयन सम्भव भएको र अध्ययन अनुसार आएको योजना मात्रै कार्यन्वयनमा लैजान सकिन्छ । तर, पहिल्यै टुङ्गोमा पुग्न लागेको बार्षिक कार्यक्रम आनका तान परिवर्तन भएर आएपछि यस्तो मनोमानी योजना पारित हुन सक्दैन भनेका छौं’ अर्का एक बोर्ड सदस्यले भने । अध्यक्षले झाले संचारमन्त्रीको नाम लिदैं पारित गराउन दवाव दिएको ती सदस्यले बताए। केपी ओली सरकारले

अयोग्य भनेर अपदस्थ गरेको व्यक्ति पुनः अध्यक्ष नियुक्त भएर आएपछि बोर्ड सदस्य झाप्रति असन्तुष्ट छन्।संचारमन्त्री गोकुल बास्कोटाले झालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेर पनि तीन हप्तासम्म काम गर्ने अधिकार नदिएर केही दिनअघि एकाएक फुकुवा गरेका थिए।

‘अध्यक्षको कार्यशैलीमा हामी सहमत हुन सकेका छैनौ । उहाँ निकै बाठो हुनुहुन्छ तर, उहाँको व्यवस्थापकीय क्षमतामा हामीलाई विश्वास छैन’, झाको कार्यशैलीप्रति असन्तुष्टि राख्दै एक सदस्यले भने, ‘उहाँ मन्त्रीको कुरा गर्नुहुन्छ तर, हामी भने कानुनी रुपमा नेपाल सरकार भनेर मन्त्रीपरिषद्लाई मात्रै चिन्छौं ।’

अध्यक्ष झाले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन हुने कुनै पनि योजना अहिलेसम्म छलफल नल्याएको भन्दै सदस्यहरुले भने, ‘उहाँले एजेण्डा ल्याउनुहोला भनेर पर्खेका हौं । अब पर्खदैनौ ती विषय आफै खोज्छौं ।’ प्राधिकरणका बोर्ड सदस्य चुडामणी चौलागाईले अध्यक्षका दावी गर्दै आवेदन हालेका थिए । अध्यक्ष झालार्इ असहयोगका पछाडि मूख्य कारण यो पनि हो।

त्यसैगरी, प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल र पुरुषोत्तम खनालले पनि झासँग प्रतिस्पर्धा गर्दै अध्यक्षको दावी गरेका थिए । प्राधिकरणका अध्यक्ष झाले भने पहिलेको कार्यक्रममा कुनै परिवर्तन नभएको दावी गरे । ‘पहिले जस्तो कार्यक्रम थियो त्यही नै अहिले पनि बोर्डमा प्रस्तुत भएको हो । पहिले छुट्टाछुट्टै हुँदा धेरै पेज थिए त्यसलाई एकै पेजमा कम्पाइल्ड गरिएको मात्रै हो’, झाले भने, ‘बोर्ड सदस्यहरु सहमत भएका योजना पारित हुन्छन् अरु हुँदैनन् ।’