नेविसंघका पाँच कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नेविसंघका पाँच कार्यकर्ता पक्राउ



काठमाडौं – नेपाल विद्यार्थी संघका पाँच कार्यकर्ता पक्राउ परेका छन् । संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघ कार्यकर्तालाई पक्राउ गरिएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको विषयमा बहस जारी रहँदा नेविसंघ सम्बद्ध केही विद्यार्थीहरुले सर्वोच्चको गेटअगाडि प्रदर्शनको प्रयास गरेका थिए ।

सो क्रममा प्रहरीले नवराज त्रिपाठी, करुणासागर सिग्देल, कर्ण ओली, अर्बत खड्का र राकेश सिवाकोटीलाई नियन्त्रणमा लिएको छ ।