पौडेल पक्राउको विरोध: माइतीघरमा नेविसंघले प्रदर्शन गर्दै
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको विरोधमा काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले मातिघरमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।
नालायक, निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका विरुद्ध प्रदर्शन गर्न तयारी भैरहेको एक नेताले जानकारी दिए ।
तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।