अधिवेशनको गाँठो फुकाउने चार सूत्र - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अधिवेशनको गाँठो फुकाउने चार सूत्र



  ई.डम्बर बहादुर सुनार 

नेविसंघ भित्र यत्र, तत्र, सर्वत्र १२ औ महाधिवेशनको विषयमा टिका टिप्पणी भइरहेको छ। नेविसंघको १२ औ महाधिवेशन वैवाहिक समारोहको स्वयम्बर वा दुलही जस्तै सजिएर सबैमा खुसीयाली छाउने या मृत्यु सैयाको दुस्खद घडीमा लास देख्दा आँखा रसाउने या मनमा सन्नाटा छाउने माहौल बनाउँछ, नेविसंघ भित्र सबैको मस्तिष्कमा अनुत्तरित प्रश्नहरू रहेका छन् । राष्ट्रिय मुद्दामा पार्टीको धारणाका अलावा पार्टीको उच्चतम चासो र प्राथमिकताको विषय बनेको ने।बि। सङ्घको आगामी महाधिवेशनको सन्दर्भमा पार्टी पङ्क्तिले, खास गरीकन निर्देशन समितिले, कस्तो निर्णय लिन्छ, पर्ख र हेर को नीतिमा आम ने। बि। सङ्घका कार्यकर्ताहरू रहेका छन् । भाद्र २ गते ११ औ महाधिवेशनबाट निर्वाचित समितिले शपथ लिएको मितिलाई निर्देशन समितिले मानक समयावधि मान्दै ने।बि। सङ्घको केन्द्रीय समितिलाई आगामी भदौ २ गतेभित्र महाधिवेशनको कार्य योजना पेस गर्न निर्देशन गरेको छ।

कार्य योजनाको प्रारुपले निर्देशन समितिलाई चित्तबुझ्दो दस्ताबेज लाग्यो भने बिधानतस् वर्तमान ने.बि. सङ्घको कार्यकालको अवधि तीन महिना थप गर्ने अनुमान सबैले गरेका छन् । ने.बि.सङ्घको १२ औ महाधिवेशन ३२ बर्से उमेर हद कायम गरेर अधिवेशन गर्ने भन्ने विषय ११ औ महाधिवेशन गर्दा विधानमा उल्लेख भएको विषयले वर्तमान नेविसंघको समिति दुई धुर्बमा धुर्बिकरण भएको छ । ३२ वर्ष माथिका विद्यार्थी नेताहरूले लामो समय विद्यार्थी राजनीतिमा सङ्घर्ष गर्दै आएको कुरालाई नकार्न सकिँदैन। ३२ माथिका पुस्ताले ने। बि। सङ्घमा विभिन्न जिम्मेवारी निर्वाह गरी पार्टी र सङ्गठनमा धेरै योगदान गरेका छन् । त्यो पुस्ताको योगदान अरू कसैले आएर परिपूर्ति गर्ने कुरा त्यति सान्दर्भिक नहोला ।

४६ सालको जन-आन्दोलनलाई सफल पार्न र ६२र६३ को आन्दोलनमा आफ्नो ज्यानको समेत पर्बाह नगरी जनताको पक्षमा लडाई लडेको पुस्ता हो ३२ वर्ष माथिको । उनीहरू सँग गहिरो सङ्गठन अनुभव रहेको छ । ६२र६३ आनोलनमा ३२ मुनिका बिधार्थीहरु पनि समाहित भएका थिए । त्यसै गरी ३२ मुनिका विद्यार्थी नेताहरू पनि नवीन सोच, अनुभव, प्रतिस्पर्धी र आधुनिक बिचारका साथमा ने। बि। सङ्घ भित्र आफूलाई नेतृत्व गर्न सक्षम छु भनेर उभ्याउने प्रयासमा दत्तचित्त भएर लागि रहेका छन् । कारीब नौ वर्ष सम्म हुन नसकेको महाधिवेशनले ने। बि। सङ्घ भित्र गहिरो सद् मा रहेको थियो जुन विषय ११ औ महधिबेशनमा बन्द सत्र बाट आगामी सांगठनिक यात्रामा त्यस्तो अन्योलता नहोस् भनेर निर्क्योल निकाल्नु पर्थ्यो। विडम्बना, बन्द सत्र नभएर नै निर्देशन समितिको अगुवाइमा अधिवेशन सम्पन्न भएको थियो ।

कठिन परिस्थितिमा अधिवेशन सम्पन्न गर्नु नै ठुलो चुनौती रहेको बेला निर्देशन समितिले बडो उत्साह र हिम्मतका साथमा ११ औ महाधिवेशन सम्पन्न गरेर ने.बि. सङ्घ भित्र जकडिएर बसेको कुप्रथाको अन्त्य गरेको थियो, जुन अठोट सबैका लागि सुखद विषय थियो ।

निर्वाचित भएर वर्तमान समितिले जुन गतिले अभिभारा पुरा गर्न सक्नु पर्थ्यो त्यो जिम्मेवारी निर्वाह गर्न चुकेकै हो । कुन कुन विषयमा कसरी चुक्यो र कहाँ कहाँ कसरी चुक्यो भन्ने विषयमा यहाँ धेरै चर्चा गरेर यो आलेखको आकार बढाउन म त्यति वाञ्छनीय ठान्दिन । वर्तमान अवस्था सम्म ल्याई पुर्‍याउन को कति जिम्मेवारीको अंशियार हुने त्यो चर्चाको विषय बनाउँदै पछि छलफल गर्दा उपयुक्त रहला । बरु, अब १२ औ महाधिवेशनको लागि कन्डियुसिभ वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दा बढी फलदायी रहन्छ भन्ने मेरो निष्कर्ष रहेको छ । अधिवेशनको विकल्प अधिवेशन नै हो । तदर्थवादले सांगठनिक मर्यादालाई खलल पुर्‍याउनुको साथै गलत अभ्यासको पराकाष्टमा अझै बढी गहिरो सँग धकेल्दै लान्छ । लोकतान्त्रिक अभ्यासमा अभ्यस्तकर्ताको माली ठान्ने नेपाली काँग्रेस पार्टीको भगिनी र भातृ संस्थाहरूले अलोकतान्त्रिक चरित्र देखाउँदै सांगठनिक गतिविधि सञ्चालन गर्ने अभ्यासले फेरी पनि कसैलाई फाइदा पुर्‍याउँदैन । अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्दै अझै बढी वैज्ञानिक र प्रतिस्पर्धी सङ्गठन निर्माण गर्ने अभियानमा जुटे सबैको लागि हित र फलदायी रहन्छ ।

वर्तमान अवस्थामा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहँदा सम्पूर्ण भागीनी सङ्गठनलाई अझै बढी रचनात्मक ढङ्गबाट चलायमान कसरी बनाउन सकिन्छ भन्ने विषयमा कर्म गर्नु पर्ने बेला भएको छ । वर्तमान सरकारले कहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कहिले अधिनायकवाद तर्फ उन्मुख हुने चरित्र, जनसरकारको सवालमा चर्को कर थुपार्ने, न्यायालय माथिको हमला र जनतालाई त्रसित पार्ने खालका गतिविधिले नेपाली काँग्रेसलाई अझै बढी जिम्मेवारी पूर्वक र सुझबुझका साथ प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने दायित्व थपिएको छ । नेपालमा भएका हरेक एतीहासिक परिवर्तन र आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सङ्गठन, नेपाली काँग्रेसको सबै भन्दा ठुलो भगिनी सङ्गठन र नेपालको सबै भन्दा ठुलो लोकतान्त्रिक विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ अहिले कता कता रुमली रहेको, कता कता बाटो बिराएको र कता कता सम्हाल्न नसकेर गन्जागोल अवस्थामा पुग्नु भनेको लोकतान्त्रिक अभ्यास खलबलिनु पनि हो । त्यसैले यो क्षणमा इतिहास बोकेको यो सङ्गठनलाई देशको अवस्था बुझेर विद्यार्थीका मुद्दा र राष्ट्रिय मुद्दाहरूको पहिचान गर्दै सफल गन्तव्यमा पुर्‍याउने नेतृत्वको आवश्यकता परेको छ । वर्तमान अवस्थामा अझै बढी जिम्मेवारी भएर सङ्गठनको कदलाई अझै माथि उकाल्ने नेतृत्व ने। बि। सङ्घको वर्तमान आवश्यकता हो । त्यसैले निम्न चर्चा हुने चार ओटा बुँदामा सबैले ध्यान दिई अधिवेशन मार्फत विधिको शासन स्थापित गर्ने लोकतान्त्रिक संस्कार नै विकल्परहित अपरिहार्यता हो ।

१. सङ्गठन केन्द्रित मेलमिलाप
नेविसंघ  भित्र सबै भन्दा सङ्कटको विषय भनेको अहिले मेलमिलापमा ह्रास आउनु हो । एउटा कालखण्ड थियो बि। पी। कोइराला भारतमा निर्वासित भएको बेला देश झन् सङ्कटग्रस्त अवस्थामा खस्कँदै छ भन्ने मनोभावना बुझेर बरु स्वदेशमा जस्तो सुकै कष्टकर जीवन बिताउन तयार छु तर देशको अवस्थालाई भड्खालोमा पर्न दिन्न, देश बिरामी भएको बेला म ठिक हुनुले केही अर्थ राख्दैन भन्दै मेलमिलापको नीति लिएर स्वदेश फिर्ती हुनु भएको थियो । त्यो प्रकृतिको राष्ट्रवादी चिन्तनको खडेरी अहिले नेपालको राजनीतिमा पारिरहेको बेला ने। बि। सङ्घ पनि यो भुमरीबाट मुक्त हुन सकेको छैन । ६२र६३ को आन्दोलन पश्चात् खास गरीकन नेपालको राजनीतिमा नैतिकता र विश्वासको वातावरण निकै ठुलो खडेरी परेको छ ।

तितो तर यथार्थ कुरा के भने ने। बि। सङ्घ भित्र ब्याक्ति केन्द्रित राजनीति हाबी भएको छ। त्यसैले, एउटा नेताले समूह निर्माणमा बढी ध्यान दिने तर सङ्गठन निर्माणमा खासै अभिरुचि नराख्ने परम्पराले ठुलो स्थान ओगटेको छ । ब्याक्तिलाई सर्वोपरि ठान्ने तर पद्धति लाई नकार्ने प्रवृत्ति हाबी हुँदा राजनीतिक संस्कारमा ह्रास आएको छ र यो संस्कारको राजनीतिमा होमिएका युवाहरू बाट भविष्यमा कस्तो खालको राजनीतिको अपेक्षा गर्ने भन्ने कुरा अन्योल भएको छ । त्यसैको उपज अहिले सङ्गठन भित्र पद्धति भन्दा ब्याक्ति हाबी भएको हो । एउटा ब्याक्तिलेरनेताले संगठनभित्र आफू केन्द्रित राजनीति गर्ने परम्परा हाबी हुँदा व्यक्ति ठुलो कि पद्धति ठुलो भन्ने बहस सतहमा आई पुगेको छ । पद्द्तीलाई पछ्याउने भन्दा पनि ब्याक्ति पछ्याउदा आफ्नो राजनीतिक भविष्य सुनिश्चित हुन्छ भन्ने दृष्टान्त हाबी हुँदा सङ्गठन गर्ने मान्छे र ईमान्दारिताको राजनीतिबाट अभ्यस्त भएका व्यक्ति पछि परेका छन् ।

व्यक्ति हाबी हुने प्रचलनले नै गुट निर्माणले व्यापक मात्रामा प्रसय पाएको देखिन्छ । त्यसैको उपज हो अहिले गुटगत मेलमिलाप भयो तर सङ्गठन केन्द्रित मेलमिलाप भएन। त्यसैले, अहिले सङ्गठन होइन गुट निर्माण गर्नु नै एउटा नेताको अपरिहार्यता र प्राथमिकता भएको देखिन्छ । गुट बलियो भयो भने आफू सङ्गठनमा हाबी हुने मनोविज्ञानबाट ग्रसित हुनुले युवा नेताहरूमा रचनात्मक चिन्तनको ह्रास देखिन आएको छ । अनि आफ्नाले सांगठनिक मर्यादा नाघेर गरेका क्रियाकलापहरू वैध र आफू इतरकाले सांगठानिक मर्यादा भित्र गरेका क्रियाकलाप र गतिविधि विधान विपरीत भन्ने ु दोषी चस्मे ु कल्चर ने। बि। सङ्घ भित्र झाङ्गिएको छ । यो मनोविज्ञानको दीर्घकालीन निदानको पहिचान गर्दै ने। बि। सङ्घ महाधिवेशन उन्मुख भएन भने फेरी पनि अब बन्ने समितिबाट नौलो खुराकको अपेक्षा गर्न सकिँदैन ।

संसारमा यस्तो व्यक्ति कोही छैन, जसलाई एक पटक भाग्योदयको अवसर नआएको होस् जब अवसरलाई स्वागत गर्न सम्बन्धित व्यक्ति तयार हुँदैन, तब त्यो अवसर उल्टो पाइला फर्केर जान्छ । महान् बिचराक कार्डिनलको यो भनाई ने। बि। सङ्घको परीप्रेक्षमा नियाल्दा वास्तवमै ने। बि। सङ्घको वर्तमान समितिलाई यस्तो अवसरको चाबी प्राप्त भएको छ जुन अवसरले भोलि पार्टी र देशको नेता बन्न ढोका खोल्नेछ ।

२००७ सालको क्रान्तिको बेलाका युवा नेताहरू, पञ्चायतको पालाका युवाहरूमा जुन सांगठानिक आचरण र रचनात्मकता थियो त्यो अहिलेका युवा नेताहरूमा निकै कम पाइन्छ । त्यसैले त त्यो पिढिका अग्रज नेताहरूले अहिलेका युवा बिधार्थी नेताहरूलाई सबै भन्दा भ्रष्ट, अस्पष्टता, दृष्टिकोण विहीन, अज्ञानी, संस्कार विहीन, अदूरदर्शी, अनुशासन हीन र अलोकतान्त्रिक भन्ने विशेषण द्वारा विभूषित गर्छन् । यी आरोपहरू निराधार हुन् भनेर प्रमाणित गर्ने साहस जुटाउँदै नयाँ नेपालको समृद्धि यात्रामा आफूलाई भविष्यको नेतृत्व गर्न सक्षम छु भनेर दर्साउनु पर्ने दायित्व अहिलेका युवा बिधार्थीहरु माझ आएको छ ।

घर रहे पो हामी सबै त्यो घर भित्र बस्न पाउने आसा रहन्छ तर घर नै भत्काएर त्यो भत्केको घर भित्र सुरक्षित भएर बस्न पाउँछु भन्नु कत्तिको जायज हो, यो कुराको विवेकी निदान खोज्दै नेविसंघ भित्र भिन्न भिन्न धुर्बमा उभिएका नेताहरू एउटै कित्तामा उभिएर महाधिवेशन मार्फत आचरणयुक्त, भरोसायुक्त, अनुशासनयुक्त र दूरदर्शी नयाँ समिति निर्वाचित गराउन सबै जुट्नु पर्ने बेला हो यो ।गुट र उपगुटको नेतृत्व होइन समग्र सङ्गठनको नेतृत्व खोज्ने बेला हो यो । फलानो समिति ने। बि। सङ्घको इतिहासमा निर्लज्ज समिति थियो भन्ने संकथन को सुविधा दिने कि विवाद उत्कर्षमा रहेको ने। बि। सङ्घ र गुटै गुटले जेलिएको ने। बि। सङ्घ लाई बडो बुद्दिमतापुर्ण तवरले तत्कालीन नेतृत्वले सुरक्षित अवतरण गरेको समिति हो भनेर सधैभरि जसको भागे दारी हुने भन्ने कुरा वर्तमान समितिको रोजाइको विषय हो । होइन भने ु ना रहेगी बास ना बजेगी बाँसुरी ु भन्ने भनाई चरितार्थ हुन आउँछ ।

२. एउटै मितिमा अधिबेशनस्
वर्तमान समितिलाई सम्मानजनक बहिर्गमन हुने अवसर दिने हो र राजनीतिक संस्कारको उदाहरण दिने हो भने अब हामी सामु तीन महिनाको समय नथप्नुको विकल्प छैन । फुटबलको खेलमा थपिएको अतिरिक्त समयमा जसले गोल गर्छ उही नै म्यान अफ त म्याचु हुने सौभाग्यशाली हुन्छ तर त्यसका पछाडि कति धेरै मिहेनत जोडिएको छ त्यो कुरा यहाँ व्याख्या गरेर त्यति सान्दर्भिक नहोला । ने। बि। सङ्घको महाधिवेशन प्रयोजनको लागि थपिएको अतिरिक्त समय वर्तमान केन्द्रीय समिति सबैका लागि सुनौलो अवसर हो म्यान अफ त म्याचु को किताब भिरेर जाने । त्यसैले यो अवसरको बेला सबैले बडो सुझ बुझेका साथमा एउटै अर्जुन दृष्टिमा केन्द्रित हुनु पर्ने आवश्यकता छ । झिना मसिना स्वार्थ भन्दा माथि उठेर समग्र सङ्गठन हेतु उद्देश्यमा केन्द्रित भएर एकढिक्का भई महाधिवेशनमा केन्द्रित हुनुको विकल्प हामी माझ छैन । अधिकतम सुविधा अतिरिक्त समय पछाडि हामी सँग हुने भनेको ट्राइबेकर नै हो तर त्यो अन्तिम सीमा हो । त्यसैले यो तत्वबोध वर्तमान समितिले गर्नु पर्ने हुन्छ ।

बिधानतस् तीन महिनाको समयावधि थपियो भने कुनै आश्चर्य चकित हुनु पर्ने कारण छैन । तर समय थपिनु नै वर्तमान समितिको असक्षमता हो भन्ने कुरा बुझ्न कुनै कठिन छैन । तीन महिनाको अवधि मौका परीक्षा हो ने। बि। सङ्घको लागि । मौका परीक्षा पछाडि कुनै पनि बहानामा थप समयको याचना गर्ने सुविधा यो समिति सँग रहने छैन । मौका परीक्षामा उत्तीर्ण हुने सबै भन्दा उत्तम विकल्प भनेको एउटैरएउटै मितिमा सबै जिल्लामा सबै तहमा अधिवेशन प्रक्रिया अवलम्बन गर्नु नै हो । जस्तै, देश भरिका कलेज ईकाईको अधिवेशन एउटा कुनै मिति मा गर्ने । अनि देश भरिका ७५३ ओटै पालिकाहरूमा कुनै एउटै मितिमा अधिवेशन गर्ने । त्यसै गरी एवं रितले देश भरिका बिश्वबिधालय समिति, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश तहको र अन्य निकायको अधिवेशन कुनै उपयुक्त मिति तोक्दै एउटै एउटै पटक गर्न सक्यो भने अधिवेशन विधानले दिएको सुविधा बमोजिम गर्न सकिन्छ । यसो गर्दा एउटा जिल्लामा सम्पूर्ण निकाएको ९ जिल्लामा अवस्थित बिश्वबिधालय समिति बाहेक० अधिवेशन गर्ने जिम्मा एउटै केन्द्रीय प्रतिनिधिलाई सुम्पिदा राम्रो ।

यो प्रक्रिया थाल्नु पूर्व वर्तमान केन्द्रीय समिति र निर्देशन समिति बसेर पारस्परिक समझदारी गर्न आवश्यक देखिन्छ । कुनै प्रकृतिको द्वेष र रिक्तता बाट मुक्त हुँदै बिरहत्तर साङ्गठनिक हित लाई केन्द्रबिन्दुमा राखेर काम गर्न सके सबै भन्दा बुद्दिमता पूर्ण निर्णय हुने छ । उदाहरणको लागि ७७ ओटै जिल्लाको अधिवेशनको मिति असोज २५ गते तोकेको खण्डमा ने। बि। सङ्घले केन्द्रीय प्रतिनिधि खटाएर सम्बन्धित जिल्लाको पार्टीको रोहबरमा अधिवेशन सम्पन्न गर्ने प्रावधान सहित अगाडि बढ्नु पर्छ । यसो गर्दा अनपेक्षित चलखेल पूर्ण रूपमा निस्तेज हुने र अधिवेशन सुचारु हुने अवस्था हुन्छ । केन्द्रीय समितिका सबै जनालाई कुनै न कुनै निकाएको अधिवेशन गर्ने जिम्मेवारी पाउने प्रबन्ध केन्द्रीय समितिको बैठकले निर्धारण गर्नु पर्छ । सकिन्छ भने जिल्ला अधिवेशनमा सम्भव भए सम्म पार्टीका केन्द्रीय सदस्यहरूलाई पनि पार्टीको निर्देशनमा खटायौ भने सबै भन्दा उत्तम हुन्छ ।

३. विधान अधिवेशन र नियमावली निर्माण 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संरचना अनुरूप विधान अधिवेशन मार्फत ने। बि। सङ्घको विधान बनाउने अभिभारा बाँकी छ । विधानको निर्माण गर्नु भनेको अधिवेशनको जग बसाउने हो । त्यसैले अधिवेशनको जग पटेला बनाउने या स्तम्भ मात्र बनाउने यो अधिवेशनको आर्किटेक्चरिंगको भूमिकामा हुने ब्याक्तिमा निहित छ । स्पष्ट विधान बिना अधिवेशनमा जानु भनेको बाटो निर्माण नगरी गाडी गुडाउने प्रयास गर्नु हो, जसको कुनै तुक हुँदैन । अधिवेशनको प्रारुप कुन मोडल बाट तय गर्ने भन्ने विषय विधानले तय गर्ने भएको हुनाले विधानमा स्पष्ट ढङ्गले सबै कुराको व्यवस्था वैज्ञानिक तवरले गर्नुपर्छ । विधान निर्माण गर्दा निर्माण कर्ताको चाहना भन्दा पनि तल्लो र माध्यम निकायमा जिम्मेवारी निर्वाह गर्ने पङ्क्तिलाई ध्यानमा राखेर निर्माण गर्ने हो । विधानले कसैलाई काखा र कसैलाई पाखा गर्ने होइन बरु सबैको मनोभावना प्रतिबिम्बरत गर्ने दस्ताबेज हुनु पर्छ । विधानले निर्दिष्ट रूपमा अबको महाधिवेशनको पक्ष पोषण कसरी गर्ने र महाधिवेशनको सुनिश्चिततालाई कायम राख्दै सबै वर्ग, जाति, भाषा, धर्म, वर्ण, लिङ्ग र संस्कृतिको सम्मान कसरी गर्न सकिन्छ, त्यता तिर विधान निर्माणकर्ताहरुले ध्यान दिनु पर्ने छ ।

अधिकांश बिधार्थी नेताहरू नियमावली र विधानको विषयमा अन्योलमै छन् । त्यसैले यथासक्य चाँडो नियमावलीको नक्शांकन र विधानको प्रारूप तयार पारेर सबै जिल्लामा पठाउने र केन्द्रीय समितिलाई विधान र अधिवेशनको प्रक्रिया बारे प्रशिक्षण गर्नु पर्ने आवश्यकता छ । केन्द्रीय समितिलाई पूर्ण रूपमा प्रशिक्षित बनायौ भने उनीहरू पनि धेरै बाधा व्यवधानको निराकरण आफै गर्न सक्षम हुन्छन् । अधिवेशन सम्बन्धी प्रशिक्षण गर्दा ने। बि। सङ्घका पूर्व अधक्ष्य र केही कानुन विदहरुलाई प्रशिक्षकको अभिभारा सुम्पिदा धेरै भान्तिहरु दूर हुन्छन् । प्रशिक्षण मार्फत रचनात्मक शैली बाट अधिवेशन सम्पन्न गर्ने अभ्यासको थालनी हुन्छ । विगतका दृष्टान्तले वर्तमानमा मन्थन गर्ने सुविधा सहित भविष्य प्रति कसरी आश्वस्त पार्न सकिन्छ भन्ने विषयलाई मूर्तरूप दिन मद्दत पुर्याउछ ।

अर्को कुरा ध्यान दिनु पर्ने के हो भने, नियमावली निर्माणकर्ताहरुले निहित स्वार्थमा लिप्त भएर राम्रो मान्छेलाई अंकुश लगाएर हाम्रो मान्छेलाई केन्द्रबिन्दुमा राखेर निर्माण गर्ने होइन । लक्षित वर्गलाई केन्द्रमा राख्दै सबैको आवाजको र बिचारको सम्मान हुने खालको विधान निर्माण गर्नु नै बढी लाभदायिक हुन्छ । निर्माणकर्ताहरुले नेतामुखी भएर शब्द चयन होइन सच्चा ने। बि। सङ्घ प्रति उत्तरदायी भई बिधानमुखी भए सबैको भलो हुन्छ । अतस् गणतन्त्र नेपालको संरचना अनुरूप विधानले स्पष्ट रूपमा बोल्यो भने अधिवेशन को विषयमा ुवेल बिगन इज हाफ डनु भन्ने भनाई चरितार्थ हुन्छ । विधान र नियमावली बिना अधिवेशन गर्नु भनेको हलो अड्काएर गोरु चुट्ने काम भन्दा अरू केही हुँदैन ।

४.महाधिवेशन को विकल्प महाधिवेशन 
महाधिवेशनको विकल्प तदर्थवाद हो भन्ने कुराको प्रयोगले ने। बि। सङ्घको आकार र ओजनालई घटाउँदै लागेको उदाहरण हामीले विगतमा भोगेका छौ । यो प्रयोगले गर्दा ने। बि। सङ्घ सीमित व्यक्ति वा नेताको पोल्टामा भइदिन्छ । त्यसैले ने। बि। सङ्घ भित्र बडो नराम्रो सँग बसेको विसंगति फलानो मान्छे फलानो नेताको र अब हुने निर्वाचित अध्यक्ष फलानो नेता सँग नजिक छ त्यसैले उसलाई सम्पूर्ण प्रयास मार्फत रोक्नु पर्छ भन्ने मनोविज्ञान भित्र हाबी भएको छ ।

गुटगतको फण्डा हाबी हुँदा विगतमा ने। बि। सङ्घ धेरै अराजक , पद्धति भन्दा बाहिर र अनुशासनहिन सङ्गठनको पर्यायवाची बनी अधिकांशको मस्तिष्कमा बसेको छ । विडम्बना, ने.बि. सङ्घको अध्यक्ष ने.बि. सङ्घको नभई, बिचारको नभई, गुट निरपेक्ष नभई एउटा व्यक्तिको हुने परम्पराले फेरी पनि नयाँपन के र कस्तो भन्ने प्रश्न ज्यु का त्यु नै छ । तल्लो तह बाट नेतृत्व तह सम्म पुग्दै गर्दा सङ्गठनको भन्दा पनि व्यक्तिको भइदिने शिक्षा प्राप्त गरेका तमाम आकांक्षी सँग आम ने। बि। सङ्घले के अपेक्षा राख्ने भन्ने अर्को प्रश्न पनि सँगसँगै जोडिएको छ । अरू थुप्रै प्रश्नहरू जो प्रतक्ष्य रुपममा अधिवेशन र सांस्कृतिक पद्धति सँग सरोकार राख्दछन्, यी सबैको हल निकाल्दै सङ्गठनमा विवेकी, योगदान, अनुशासन र लगनशीलता भएको सक्षम व्यक्ति सबैको साझा हुन सक्छ भन्ने सन्देश १२ औ महाधिवेशनले दिनु पर्दछ ।

सम्पूर्ण प्रश्नहरूको जवाफ निर्बिकल्प रूपमा अधिवेशन नै हो । अधिवेशनको स्वरूप कस्तो हुने भन्दा पर्धिश्पर्धामा रहेका व्यक्तिलाई हस्तक्षेप रहित ढङ्ग बाट महाधिवेशनको मैदानमा प्रतिस्पर्धा गर्नु दिनु हो । यता तिर सबै सचेत हुने हो र विधि र विधान लाई केन्द्र बिन्दुमा राख्दै महाधिवेशनको विकल्प तदर्थवाद होइन महाधिवेशन नै हो भन्ने मनोविज्ञानलाई यथार्थवादमा रूपान्तरण गर्ने दिशा तर्फ सबै सरोकारवाला पक्ष एकमत भए भने महाधिवेशनको विकल्प महाधिवेशन नै हो भन्ने कुरा सत्य चरितार्थ हुनेछ ।

लेखक नेविसंघ अध्यक्षका सल्लाहाकार एवंम् नेपाली कांग्रेसका युवा नेता हुन्