एनआरएनएले सरकारलाई एक करोड सहयोग गर्ने

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
कोरोना महामारी विश्वभर फैलिएका बेला यस विरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।
आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोषमार्फत् उक्त रकम सहयोग गर्ने निर्णय गरेको एनआरएनए अध्यक्ष कुमार पन्तले जनाएका छन्।

