एनआरएन मकाउको अध्यक्षमा मुकेश कुमार बरूवालको उम्मेदवारी घोषणा। - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

एनआरएन मकाउको अध्यक्षमा मुकेश कुमार बरूवालको उम्मेदवारी घोषणा।



हिमाल पोस्ट /साउन १७ 

गैर आवासीय नेपाली सङ्घ मकाउको आगामी दुई वर्षे कार्यकालको लागि मुकेश कुमार बरूवालले पुनह: अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मकवानपुर जिल्लाको हेटौडामा घर भएका बरूवाल विगत ११ वर्षदेखि मकाउलाई कर्म थलो बनाउँदै आएका छन् । उनी सन् २०१० देखि २०१३ सम्म गैर आवासीय नेपाली सङ्घ मकाउको उपाध्यक्ष,सन २०१३ देखि २०१५ सम्म आईसिसी सदस्य हुँदै सन २०१५ देखि २०१७ सम्म अध्यक्ष पदमा रहेर काम गरी रहेका छन् ।

बरूवालले मकाउमा रहेका नेपालीहरूलाई आई पर्ने समस्या समाधानमा पहल गर्ने,अक्ष कोषको स्थापन गर्ने,महाबाणिज्य दूतावास हंगकंग सँग समन्वय गरी मकाउमा कथम कदाचित मृत्यु भएमा मृतकका शव नेपाल लैजान सक्ने वातावरणको सृजना गर्ने,मकाउमा रहेको नेपाली सङ्घ संस्था सँग समन्वय गर्ने,नेपाल र नेपालीको कला,संस्कृतिलाई प्रवासमा चिनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गर्ने लगायतका योजना सुनाएका छन् ।६०० भन्दा बढी साधारण सदस्य हरू रहेको एनआरएन मकाउको आगामी अधिवेशन १२ अगष्टमा घोषणा गरिएको छ ।