एनआरएनए जर्मनीको बार्षिक साधारण सभा जनवरी ५  ब्रेमनमा हुने - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

एनआरएनए जर्मनीको बार्षिक साधारण सभा जनवरी ५  ब्रेमनमा हुने



जर्मनी । गैरआवासीय नेपाली संघ जर्मनीको बार्षिक साधारण सभा ५ जनवरी २०१९ शनिवारका दिन ब्रेमनमा हुने भएको छ । गैरआवासीय नेपाली संघका
अध्यक्ष बिजय मोक्तानको अध्यक्षतामा १२ डिसेम्बर २०१८ बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

गैर आवासिय नेपाली संघ जर्मनीको गत बैठकले संघको बार्षिक साधरण सभाको तयारीको लागी मुल आयोजक समिती, आयोजक समिती र उपसमितिहरु पनि गठन गरी जिम्मेवारीको बिभाजन समेत गरी सकेको संघका प्रबक्ता शंकर डाङीले जानकारी दिएका छन ।

गैर आवासिय नेपाली संघ जर्मनीको बार्षिक साधारण सभामा एनसीसी तथा एलसिसीहरुले एक बर्षमा गरेका गतिविधिहरुको बार्षिक प्रगति विवरणसहित जिम्मेवारी पुर्वक प्रस्तुत गरिने र यस कार्यकालको बाकी रहेको आगामी दिनहरुमा गर्ने कार्ययोजनाहरुको बारेमा पनि बिष्तृत छलफल हुने प्रबक्ता डाङिले जानकारी दिए ।

गैर आवासिय नेपाली संघ जर्मनी, जर्मनी निवासी सबै गैर आवासीय नेपालीहरुको साँझा र छाता संघ भएकोले संघको सदस्यता प्राप्त गर्ने देखि लिएर संघको भबिष्यका कार्य योजनाहरुलाई जनमुखी बनाउन बार्षिक साधारण सभामा उपस्तिथि सम्पुर्ण गैर आवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरुको हरेक बिषयमा सरोकार राखिने हुँदा महत्त्वपूर्ण बार्षिक सभामा जर्मनी निवासी सम्पुर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि संघले हार्दिक अनुरोध समेत गरेको छ ।

गैर आवासीय नेपाली संघले जर्मनीमा कार्यरत सबै संघ संस्थाहरुसित हातेमालो गर्दै सहमति र सहकार्यमा संघका गतिविधिका सबै अभियानहरु संचालित हुने भएकोले सबै संघ संस्थाहरुलाई पनि यस गरिमामय साधारण सभामा आफ्नो प्रतिनिधित्व सहित उपस्थित भइ सबैको साथ,सहयोग र समर्थनको हार्दिक अनुरोध गरिएको छ।

गैर आवासीय नेपाली संघका अन्तराष्ट्रिय परिषद अध्यक्ष संरक्षक सल्लाहकार तथा पदाधिकारीहरु र आईसिसी सदस्यहरुलाई पनि उपस्थितको लागि अनुरोध सहित हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

साथै गैर आवासीय नेपाली संघ जर्मनीका प्र​ब​क्ता शंकर डाङिले, संघले हरेक बर्षमा आयोजना गरिने बार्षिक साधारण सभा भएकोले नयाँ नेतृत्व चयनको बिषयले प्रवेश नपाउने नभएको जानकारी ग​राएका छन ।

गैर आवासीय नेपाली संघको स्थापना देखि उठादै आएको “एक पटकको नेपाली सधैको नेपाली” नेपाली नागरिकताको निरंतरता र “नेपालीको लागी नेपाली” भन्ने मुल नारा संघको मुख्य अभियानलाई आत्मसाथ गर्दै गैर आवासीय नेपाली संघ जर्मनिले यस बार्षिक साधारण सभामा ” सबै नेपाली सबल र उध्योमी बनाउ” भन्ने मुल नाराका साथ साधारण सभा हुने भएको हो ।

जर्मनी निवासी सम्पुर्ण गैर आवासीय नेपालीहरुका साझा सदस्यहरुको समाधानको लागी नेपाली दूतावास सबै संघ संस्था, संघका अभियान्ता तथा अग्रजहरुले प्रकाश पार्ने प्रबक्ता डाङिले जानकारी दिएका छन ।

गैर आवासीय नेपाली संघ जर्मनीको बार्षिक साधरण सभामा संस्कृती समितीद्वारा बेजोड नाच गानको साथमा मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना हुने संघका प्रबक्ताले डाङ्गीले बताए।

गैर आवासीय नेपाली संघको साधारण सभामा आईसीसी अध्यक्ष भवन भट्ट, संरक्षक जिबा लामिछाने, राम प्रताप थापा, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, सपिला राजभण्डारी, सचिब जानकी गुरुङ, महिला सम्योजक रजनी प्रधान तथा अग्रजहरु दिल बहादुर गुरुङ, उषा शर्मा, पुष्प थापा, दावा गेल्जे शेर्पा समेतको उपस्थित रहने प्र​ब​क्ता शंकर डाङिले जानकारी दिएका छन ।