नेपालगञ्जमा मात्रै २५ जना संक्रमित पुगे: संक्रमितको कुल संख्या ८४ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

नेपालगञ्जमा मात्रै २५ जना संक्रमित पुगे: संक्रमितको कुल संख्या ८४



काठमाडौं- नेपालगञ्जमा मात्र संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ ।

आइतबार दिउसो ९ जना भेटिएपछी बढ्न थालेको संख्या मध्यरात सम्म २५ पुगेको पुष्टि भएको छ। प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा राति १० बजे थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको थियो। आइतबारै साँझमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो। यो संगै नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको थियो ।

आइतबार राती १० बजेतिर अस्पतालले थप ९ जना संक्रमण भएको पुष्टि गरेको छ। यसरी आइतबार एकैदिन नेपालगञ्जमा २४ जनामा कोरोना देखिएको हो।

शुक्रबार पनि नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो। यसरी नेपालगञ्जमा कोरोना संक्रमित हुनेको संख्या २५ पुगेको छ।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। यो संगै नेपालमा संक्रमितको कुल संख्या ८४ पुगेको छ ।