नेपालगञ्जमा थप सात जनामा सङ्क्रमण पुष्टि: संक्रमितको संख्या ८२ पुग्यो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नेपालगञ्जमा थप सात जनामा सङ्क्रमण पुष्टि: संक्रमितको संख्या ८२ पुग्यो



काठमाडौं । नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । त्यसपछि फेरी ९ जना थपिएको हल्ला चलेको थियो ।

एकाएक संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रत्यक्ष आवत जावत हुने भएकाले कर्णाली प्रदेश पनि सिल गरिएको छ ।