गठबन्धनबाट अलग भयो माओवादी - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

गठबन्धनबाट अलग भयो माओवादी



बाँके । नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसलाई मेयर र जनता समाजवादीलाई उपमेयर दिने सहमति पाँच दलीय गठबन्धनमा भएको थियो।

तर उम्मेदवारी दर्ताको समयअघि नै गठबन्धनको घटक माओवादी केन्द्रले यो निर्णय नमान्‍ने घोषणा गरेको छ।

उपमहानगर कमिटीले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । कमिटीका अध्यक्ष रतन शाहीले प्रमुख र उपप्रमुखसहित सबै २३ वटै वडामा माओवादी केन्द्रले उम्मेदवारी दिने बताए।

गठबन्धनका अन्य दलले वडामा सहमति गर्न नमानेपछि आफूहरू अलग हुन बाध्य भएको उनले बताए।