नेपालगञ्जमा १८३ को परीक्षण गर्दा १२७ जनामा संक्रमण - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

नेपालगञ्जमा १८३ को परीक्षण गर्दा १२७ जनामा संक्रमण



नेपालगञ्ज – बाँकेमा एक सय ८३ जनालाई टेस्ट गर्दा एक सय २७ जनामा कोरोना संक्रमण भेटिएको छ ।

पछिल्लो चौबिस घण्टामा भेरी अस्पताल, नेपालगञ्जमा जाँच गरिएका एक सय ८३ जनामध्येमा एक सय २७ जनालाई कोरोना पुष्टि भएको बताइएको छ ।

परीक्षण गरेकोमध्ये ६९.४ प्रतिशतलाई कोरोना पुष्टि भएपछि संक्रमण समुदायमा फैलिएको आशंका गरिएको छ । अस्पतालका अनुसार, एकै दिन यतिधेरै कोरोना पुष्टि भएको पहिलो घटना हो।

नेपालगञ्ज मेडिकल कलेजले हिजो ७५ जनाको जाँच गरेकोमा सबैलाई पोजिटिभ भएको छ। दैनिक नै विरामी संख्या धेरै देखिएपछि भेरी अस्पतालमा राख्ने ठाउँको अभाव भएको छ।

साधारण विरामीलाई डिस्चार्ज गरेर बेडहरु खाली गराइएका छन्। मेडिकल कलेजमा पनि कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । सबै पालिकाहरुमा आइसोलेसन सेन्टर तत्काल बनाउन पर्ने जरुरी भएको छ।