नोबेल बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न
लोकेन्द्र रावल / टीकापुर ।
नोबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न छ ।
संस्थाका अध्यक्ष डा. लालसिंह टमट्टाको अध्यक्षतामा शुरुभएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी प्रमुख अतिथि रहनु भएको थियो । विशिष्ट अतिथिमा नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारी रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उमादेवी वादीले सुदूरपश्चिम प्रदेशका सांसद उमादेवी वादीले सहकारी संस्थाले शेयर सदस्यलाई आयआजर्नका क्षेत्रमा लाग्न प्रेरणा दिन आवश्यक रहेको बताउनुभएको छ । उहाले नोबेल बचतले तरकारीको बीउ वितरण गरेर शेयर सदस्यलाई आयआर्जनका क्षेत्रमा लाग्न प्रेरणा दिएको बताउनुभयो । साथै कतिपय सहकारीले व्यस्थापन गर्न नसक्दा शेयर सदस्यको रकम डुबेको सांसद वादीले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले नोबेल बचत प्रेरणाको स्रोतका रुपमा विकास हुंदै गएको बताउंदै यो संस्थाबाट सबैले पाठ सिक्न जरुरी रहेको बताउनुभयो । अधिकारीले संस्थामा प्रेरणाको स्रोत, सद्भाव र सम्मान रहेकोले यहांबाट सिकाइ हुन्छ भन्नुभयो । अधिकारीले यस्ता संस्थालाई जोगाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डाक्टर लालसिंह टमट्टाले ६ लाख पूजीबाट १० बर्षअघि शुरु भएको सहकारीले ५० लाख बढी शेयर पूजी पुगिसकेको बताउनुभयो । टमट्टाले संस्थासंग आफ्नै १० धुर जग्गा समेत रहेको बताउंदै सहकारीले औषधी उपचार गर्न नसकेका विपन्नलाई विना धितो ऋण दिने गरेको बताउनुभयो । उहांले सुत्केरी, गर्भवती तथा विपन्नलाई संस्थाले सहयोग गर्दै आएको बताउंदै सामाजिक कार्यमा समेत संस्थाको हातेमालो रहेको बताउनुभयो । अनलाइन बैंकिङ प्रणालीमार्फत सेवा दिइरहेको सहकारीले केही दिनमा सन्ध्याकालिन सेवा समेत शुरु गर्ने तयारी गरेको छ ।
कार्यक्रममा बीबीसीको प्रेरणादायी महिलामा पर्न सफल सांसद उमादेवी वादीलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । साथै एसइइ परीक्षामा उत्रिण शेयर सदस्यका छोराछोरी दिब्यश्वरी चौधरी, गरिमा विश्वकर्मा र रोवट तिरुवालाई जनही ५ हजार नगद र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, उत्कृष्ट कर्मचारी मथुरा चौधरी र प्रकाश खनाल, उत्कृष्ट कारोबारी गिता उपाध्याय, उत्कृष्ट बचतकर्ता महासिंह बिक र हरिकिसन चौधरीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा जनशक्ति सामुदायिक वनका दिर्घ तिरुवा, ज्योति विश्वकर्मा, जानकी गाउंपालिका कार्यपालिका सदस्य रमेश टमट्टा, पत्रकार महासंघ कैलालीको उपाध्यक्ष दुर्गा देवकोटा, बलबहादुर विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।
सहकारीका टेकबहादुर सार्कीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष जितबहादुर आउजीले स्वागत गर्नुभएको थियो । कार्यक्रम संचालन नारायण विश्वकर्माले गर्नुभएको थियो ।