काठमाडौंका भित्री शहरमा पार्किङ गर्न निषेध - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

काठमाडौंका भित्री शहरमा पार्किङ गर्न निषेध



काठमाडौं महानगरपालिकाले भित्री क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङ निषेध गर्ने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छ ।

आउँदो माघ २ गतेदेखि लागू हुने गरी कामपाका ७ वटा वडाका १२ क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको हो ।

अब राजधानीको कोर क्षेत्र प्रवेश गर्ने चार पाङ्ग्रे सवारी साधन खुलामञ्चमा पार्किङ गर्नुपर्ने व्यवस्था गरेको छ ।

शहरी सौन्दर्यतालाई कामय राख्न र पर्यटकलाई नेपालको कोर सिटीका बारेमा जानकारी दिन  चार पाङ्ग्रे सवारी साधनलाई बिहान ७ देखि बेलुकी ७ बजेसम्म निषेधित गरेको हो ।