राष्ट्रपतिले पत्र सच्चाएपछि देउवाले लिए सपथ
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्ति पत्रमा लेखिएको भाषा सच्याउन तयार भएपछि शपथ ग्रहण कार्यक्रम अघि बढेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेश अनुरुप प्रधानमन्त्रीमा नियुक्त गरिएको छ भन्ने भाषा प्रयोग गरेकी थिइन् । त्यसमा असन्तुष्टि जनाउँदै देउवाले संविधानको धारा ७६(५) अनुरुप प्रधानमन्त्री नियुक्त गरिएको छ भन्ने भाषामा पुन नियुक्त नगर्दै शपथ ग्रहण नगर्ने अडान लिएका थिए ।
देउवाको अडानपछि साँझ ६ बजेका लागि तय भएको शपथ ग्रहण अहिलेसम्म हुन सकेको थिएन । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छैनन् ।