रामकुमारी झाँक्रीको निवासमा नारावाजी - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

रामकुमारी झाँक्रीको निवासमा नारावाजी



काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि उनको निवासबाहिर नेकपामा नेता कार्यकर्ताले निवासबाहिर प्रदर्शन गरेका छन्।

बिहीबार बिहान झाँक्रीलाई पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको निवासमा पुगेका थिए।

अहिले झाँक्रीको निवासबाहिर ठूलो मात्रामा प्रहरी तैनाथ छ भने नेकपाका नेता कार्यकर्ताले पक्राउको विरोधमा नाराजुलुस गरिरहेका छन्।

उनीहरुले प्रहरी दमनका बन्द गर्न माग गर्दै प्रधानमन्त्री ओलीविरुद्ध नाराजुलुस गरेका छन्।