नीता ढुंगानाले भजन गाएर सुरू गरिन गायन यात्रा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नीता ढुंगानाले भजन गाएर सुरू गरिन गायन यात्रा



काठमाडौं- नेपाली नायिका निता ढुंगानाको परिचयमा अर्को बुट्टा थपिएको छ । ढुंगाना पनि गायनमा प्रवेश गरेकी छन् । नायिकासँगै उनी गायिका पनि बनेकी हुन् ।

उनले आफ्नै आवाजमा भजन गएकी छन् । उनको स्वर भरिएको ‘श्री सिद्धीविनायक मन्त्र र आरती– बक्रतुण्ड’ शनिबार सार्वजनिक गरिएको छ । गणेश भगवानको भजन भएकोले उनले गणेश चतुर्थीकै दिन भजन सार्वजनिक गरेकी हुन् ।

निताकै लगानीमा रहेको उक्त भजनको शब्द पुरानो गणेश भजनको युट्युब राईटमार्फत लिएर तयार पारिएको हो । त्यस्तै गीतको भिडियोमा रामजी लामिछानेको निर्देशन रहेको छ भने भिडियोलाई संजय लामाले खिचेका छन् ।

भजनलाई निताले आफ्नै युट्युब च्यानल ‘नवनिता ईन्टरटेन्मेन्ट’मार्फत सार्वजनिक गरेकी छिन् ।