निशानकी आमा ‘न त सुत्न सक्छीन्, न त केहि खाएपिएकि नै छिन्’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निशानकी आमा ‘न त सुत्न सक्छीन्, न त केहि खाएपिएकि नै छिन्’



काठमाडौं। आफ्नो ११ वर्षिय निर्दोष छोरालाई अपहरणकारीले निर्मम हत्या गरेको वेदनाले छटपटेकी आमा चमेली खड्काले आँसुको भल बगाउँदै रुँदै दिन बिताउने गरेको आफन्तहरु बताउँछन् ।

‘न त सुत्न सक्छीन्, न त केहि खाएपिएकि नै छिन्’ उनको एक आफन्तले बताइन् । काँडाघारी स्थीत भाइ पदम बहादुर सापकोटाको घरमा बसेकी चमेलीको अवस्थाले परिवारलाई थप चिन्तीत बनाएको पनि उनको आफन्तले बताइन् ।

गत आइतबार निशानलाई २२ वर्षिय गोपाल तामाङ र २३ वर्षिय अजय तामाङले अपहरण गरि हत्या गरेका थिए ।

निशानको मृत शरिर महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा रहेको छ । पोष्टमार्टमको रिपोर्ट र निशानको मृत शरिर परिवारका सदस्यलाई मात्र दिने नियम भएकोले आफन्तहरुले निशानको अन्तिम संस्कारको तयारी गर्न पाएका छैनन् ।

निशानकी आमा चमेलीको अवस्थाका कारण हस्पिटल जान नसक्ने भएकोले निशानका पिता गणेश बहादुर खड्का आएपछि मात्र निशानको अन्तिम संस्कार गरिने जानकारी पनि उक्त आफन्तले दिइन् । गणेश भोलि बिहिबार दिउँसो १ः३० मा मलेसियाबाट नेपाल आइपुग्दैछन् ।

प्रहरीले हालसम्म विज्ञप्ती मार्फत् बालकलाई बचाउन नसकिएको र मुठभेडमा अपहरणकारी मारिएको बताए पनि उक्त घटनाको औपचारिक रिपोर्ट सार्वजनिक गरेको छैन ।