माओवादीका दुई नेता पार्टीबाट निस्कासित - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

माओवादीका दुई नेता पार्टीबाट निस्कासित



काठमाडौं ।

प्रदेश र प्रतिनिधिसभाको चुनावको टिकट वितरणमा चलखेल गरी इमान्दार नेता–कार्यकर्तामाथि घात गरेको भन्दै नेकपा माओवादी केन्द्र पर्साले दुई नेतालाई कारबाही गरेको छ ।

जिल्ला इन्चार्ज उर्मिला अर्याल र जिल्ला संयोजक विजय महतोलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको घोषणा गरेको हो । बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दे माओवादी केन्द्र पर्साले अर्याल र महतोले प्रदेश र प्रतिनिधिसभाको चुनावको टिकट वितरणमा चलखेल गरी इमान्दार नेता–कार्यकर्तामाथि घात गरेको जनाएको छ। उनीहरुमाथि चुनावको टिकट बेचेर लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएकाहरुमाथि विश्वासघात गरेको आरोप लगाइएको छ।

अर्याल हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट पराजित भएकी थिइन्।