काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने



काठमाडौँ- कोरोना रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थपिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने तयारी गरेका छन् ।

कोभिड संक्रमण नघटेपछि काठमाडौँमा पुन एक साता निषेधाज्ञा थप्‍ने तयारी गरिएको हो । काठमाडौँ जिल्लामा दैनिक १५ सयमाथि संक्रमित थपिएको र मृतकको संख्या पनि उच्च भएकाले तत्कालै निषेधाज्ञा खोल्न नहुने उनको निष्कर्ष छ ।

वैशाख १६ गतेदेखि उपत्यकामा पहिलो चरणको निषेधाज्ञा लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।