गलत समाचारको भ्रममा नपरौं: केहि स्थानमा मात्र निषेधाज्ञा लगाइएको हो (सुची सहित)
काठमाडौं- सरकारले लकडाउन गरेको भन्दै विभिन्न अनलाइनहरूले गलत समाचार प्रकाशित गर्दा सर्वसाधारणहरू अन्योलमा परेका छन् ।
केहि अनलाईनले देशैभर लकडाउन भन्दै समाचार सम्प्रेषण गरेका छन् भने कहिले राजधानी काठमाडौंमा पनि लकडाउन भन्दै समाचार सम्प्रेषण गरेका छन् ।
के हो सत्य ?
खासमा सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो।
गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।
यो सूचीमा हेरौं निशेधाज्ञा लागु हुने जिल्ला, क्षेत्र र मितिः
![](https://himalpost.com/wp-content/uploads/2020/08/14districts-prohibitoryorder-1-768x571.jpg)