एमालेको निर्वाचन तालिका सार्वजनिक, भोलि मतदान हुने - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

एमालेको निर्वाचन तालिका सार्वजनिक, भोलि मतदान हुने



चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन बन्दसत्रमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशन प्रक्रियालाई पूर्णता दिन मतदाता नामावली प्रकाशन गरिएको हो ।

महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम मतदाताका रुपमा प्रकाशन गरेर बन्दसत्र भएको स्थलमा टाँस गर्न लागिएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

एमालेका महाधिवेशन प्रतिनिधि नै मतदात हुन् । सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको हो ।

महाधिवेशनको चुनावी प्रक्रियालाई कानूनी रुपमा पनि प्रमाणित गर्न मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुको मनोनयन प्रक्रियालाई पूर्णता दिनुपर्ने हुन्छ ।

राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।