निर्वाचन सकिएलगत्तै एमाले-माओवादीबीच एकीकरण हुने - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

निर्वाचन सकिएलगत्तै एमाले-माओवादीबीच एकीकरण हुने



काठमाडौँ /कात्तिक १७ ।

 नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन सकिएलगत्तै एकता हुने बताउनुभएको छ ।

एमाले टोखा- २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा पोखरेलले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहनुभएका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुईतिहाइ ल्याउने जिकिरसमेत गर्नुभयो ।
‘हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ’, पोखरेलले भन्नुभयो, ‘अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।’ उहाँले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताउनुभयो ।

‘वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन’, उहाँले थप्नुभयो, ‘देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउन हुँदैन ।’

कार्यक्रममा सोही निर्वाचन क्षेत्रका प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौलाले वाम गठबन्धनले देशव्यापी रुपमा सजिलै जित्ने जिकिर गर्नुभयो ।