निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भयो :प्रवक्ता शर्मा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भयो :प्रवक्ता शर्मा



घोराही । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताएका छन् ।

काङ्ग्रेस दाङ क्षेत्र नं. ३ को क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै प्रवक्ता शर्माले काङ्ग्रेसले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले गतिलो पाठ सिकाएर गएको धारणा राखे । उनले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको बताए ।

प्रवक्ता शर्माले अहिले पार्टीभित्र ठूला नेताको मिलन हुनु, केन्द्रीय पदाधिकारीले पूर्णता पाउनु, सङ्घीय संरचनाअनुसार पार्टी कमिटी बन्नु, देशव्यापी छलफल गरेर विधान तयार हुनु नै काङ्ग्रेसको सुधारको सङ्केत भएको दाबी गरे ।

पार्टीनिकट सबै भ्रातृ सङ्गठनले लोकतान्त्रिक परिपाटी अपनाएर नेतृत्व चयन एवम् छलफलका कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।रासस