निर्वाचन आयोगका प्रतिनिधिले जबर्जस्ती विजयी घोषणा गरेपछि… - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

निर्वाचन आयोगका प्रतिनिधिले जबर्जस्ती विजयी घोषणा गरेपछि…



कावासोती नगरपालिका १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको विषयमा विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ ।

मंगलबार राति ११ बजे रोकिएको गणना अझै सुरु हुन सकेको छैन । मतगणना सकिएर त्यहाँ दलका प्रतिनिधिले टिपेको मतसंख्या र निर्वाचन कार्यालयका कर्मचारीले टिपेको मतसंख्यामा ५७ मत फरक परेको हो । दलका प्रतिनिधिले विरोध गर्दागर्दै निर्वाचनका प्रतिनिधिले उम्मेदवार विजयी भएको घोषणा गरेको कांग्रेस कार्यकर्ताले आरोप लगाए ।

निर्वाचन कार्यालयले भने मतगणनामा कुनै गडबड नभएका कारण एमालेका उम्मेदवार विजयी भएको घोषणा गरिएको जानकारी दियो । दलकै प्रतिनिधिको रोहबरमा गणना भइरहेको छ । ‘त्यहाँ गडबढ हुनै सक्दैन‚’ निर्वाचन अधिकृतले भने‚ ‘दलका कमजोरी लुकाउन कर्मचारीलाई दोष दिनु हुँदैन ।’

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दलहरूमा छलफल गराएर पुनः सुरु गरिने प्रयास भइरहेको बताए ।