निर्वाचनका लागि नक्कली व्यवसायी वनाएर सदस्यता दिइदै - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

निर्वाचनका लागि नक्कली व्यवसायी वनाएर सदस्यता दिइदै



कैलाली । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै नक्कली सदस्यता वनाउने चलखेल भएको छ ।

आगामी वैशाख २२ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा रहेका व्यवसायीहरुले नक्कली व्यवसायी वनाएका हुन ।

चुनावमा जित्नका लागि आफु निकटका व्यक्ती, कामदार र समर्थकहरुको नाममा विभिन्न व्यवसाय गरिरहेको ईजाजत सरकारी निकायवाट लिएर कैलाली उद्योग उद्योग वाणिज्य संघको सदस्य वनाईएको हो ।

नयाँ सदस्य हुन पाउने समय सकिएको दिन चैत १४ गते र १३ गते गरी दुई दिनमा मात्रै कैलाली उद्योग वाणिज्य संघमा ९ सय वढी सदस्यहरु थपिएका छन । झण्डै ९ हजार सदस्य रहेको कैलाली उद्योग वाणिज्य संघको नयाँ सदस्य वनाईएका मध्ये ९० प्रतिशत नक्कली व्यवसायी रहेका छन । चैतको १३ र १४ गते मात्रै ९ सयभन्दा वढीले नयाँ सदस्य वनाउन निवेदन दिएपछि नक्कली सदस्यहरुको संख्या वढ्दै गएको छ ।

फाइल तस्बिर :